पोष्टबहादुर स्मृति भलिबल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता चैत २८ गतेबाट वैशाख २ गतेसम्म हुनेछ ।

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ ।

लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद एक लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।

यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न अनुमानित कुल ५२ लाख रुपैयाँ लाग्ने प्रतियोगितालाई राखेपले २० लाख रुपैयाँ प्रदान गर्नेछ भने बाकी रकम विज्ञापन र प्रतिष्ठानबाट जुटाउने प्रतिष्ठानले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?