अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपथ्र्यो : प्रतिवेदन

Read Time = 2 mins

न्यूयोर्क । अमेरिकाको एक अनुसन्धान प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमा अमेरिकी सैन्य उपस्थिति फिर्ता बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जसको सर्वत्र आलोचना भएको थियो ।

काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट मानिसलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

हृवाइट हाउसका प्रवक्ता जोन किर्बीले ‘स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिवान देशमा कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं’, भनेर टिप्पणी गर्नुभएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?