चेन्नाईको दोस्रो जित, मुम्बई लगातार पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जित हासिल गरेको छ ।

शनिबार चेन्नाईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जित दर्ज गरेको हो भने मुम्बई आफ्नो सुरुवाति दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नाईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नाईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए ।

त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नाईलाई दिएको थियो ।

चेन्नईका लागि अजिक्या रहाणेले २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर ऋतुराज गायकवाडले ३६ बलमा ४० रन बनाए । दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रहाणेले ८२ रनको साझेदारी गरेका थिए ।

शिवम दुबे २६ बलमा २८ तथा अम्बाती रायुडू २० रनमा अविजित रहे ।

मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित ३२ रन बनाउँदा टिम डेविडले २२ बलमा ३१ रन बनाए । तिलक बर्माले २२ रन बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले १३ बलमा २१ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २र२ विकेट लिए । सिसान्डा मंगलाले १ विकेट लिए । तेस्रो खेलमा दोस्रो जित हात पारेको चेन्नाई १० टोली सहभागी प्रतियोगिताको चौथो स्थानमा रहेको छ ।

दुई खेलमा अंकबिहिन मुम्बई भने आठौं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?