कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले बुझाए सामूहिक राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा बुझाउँदै एमालेले सरकार छाडेको हो ।

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्री थिए।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाउनु भएको हो ।

केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई बर्खास्त भन्ने समाचार पनि बाहिरिएका थिए । तर, बर्खास्त गर्नु अघि नै एमालेका मन्त्रीहरुले राजीनामा बुझाउनु भएको छ । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ।

यसअघि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिदा एमालेले विश्वासको मत दिएको थियो । उनको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी एवं स्वतन्त्र सांसदले मत दिएका थिए भने विपक्षमा राप्रपाले मात्र मत दिएको थियो ।

४० मध्ये राप्रपाका एक सांसद र सभामुखबाहेक एमालेका ९, कांग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र १ जनाले मत दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?