अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान सुरु

Read Time = 2 mins

वासिंटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लिक भएको बारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातमा गोप्य खुफिया रिपोर्टहरूसमेत छन् । त्यसैगरी ती कागजातमा युक्रेन-रुस युद्धलगायत अत्यन्त संवेदनशील विश्लेषण पनि रहेको बताइएको छ । मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्, ‘हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौं र अनुसन्धान सुरु गरेका छौं ।’

दर्जनौं लिक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ । अमेरिकी अधिकारीले वासिंटन पोष्टलाई बताएनुसार केही कागजात हेरफेर गरिएको देखिन्छ तर धेरै सीआईए विश्व खुफिया समीक्षा रिपोर्टहरूसँग मेल खान्छ जुन हृवाइट हाउस, पेन्टागन र विदेश मन्त्रालय संयन्त्रमा छलफल गरिएको छ ।

रक्षा विश्लेषक गोप्य कागजातको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान सावित हुने पनि अनुमान गरिएको छ । अन्य कागजातमा अमेरिकी सहयोगीको सरकारभित्रको आन्तरिक गोप्प जानकारी रहेको बताइएको छ । न्यू योर्क टाइम्सका अनुसार कागजातमध्ये युक्रेनमा प्रयोगका लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसको बारेमा छलफल सामवेश छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?