वसन्त चौधरीको बालकविताकृति ‘आहाना’ लोकार्पित

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । कवि तथा गीतकार वसन्त चौधरीको बालकविता संग्रह ‘आहाना’ एक सार्वजनिक गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले उक्त कृति लोकार्पण गर्नुभएको हो । कृति कवि चौधरीले नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको अवसर पारेर सार्वजनिक गर्नुभएको हो ।

साहित्यकार चौधरीले बालसाहित्यमा यो आफ्नो पहिलो प्रयास भएको बताउनुभयो । बालसाहित्यलाई व्यापारभन्दा आन्दोलनका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले बालबालिकामा यस किसिमका साहित्यमार्फत अथाह ज्ञान बाँड्न सकिने बताउनुभयो ।

प्रिमियर इन्टरनेसनल स्कुलकी प्राचार्य पवित्रा सुब्बाले बालसाहित्यका पुस्तकहरू हरेक विद्यालयका पुस्तकालयसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जोया महर्जन, सुहाना यादव, दृष्टि महर्जन, हिमा महर्जन, आहाना शाक्य चौधरीले कृतिभित्रका कवितावाचन गर्नुभएको थियो । यस कृतिलाई कोपिला किताबले प्रकाशनमा ल्याएको हो ।

आकर्षक साजसज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको यो बाल कवितासंग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकनसमेत समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?