उत्तरी सीमानाकाहरु खोल्ने पहल गर्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक ध्यान लिनु जरुरी छ । र उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भिरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कुटनीतिक पहल होस् । र यि नाकाहरु सञ्चालनमा आउन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भएपनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’

उहाँले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?