काठमाडौं । चौथो संस्करणको ज्योति फिल्मस् म्युजिक अवार्ड सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक समारोहबीच विभिन्न विधाका स्रष्टालाई अवार्ड प्रदान गर्दै चौथो संस्करण सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य अमन मास्के, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, वरिष्ठ गायिका देविका बन्दना, अभिनेता रमेश उप्रेतीलगायतको आतिथ्यता रहेको थियो । अवार्डका लागि यशकुमार, मञ्जिता केसी, हुम गैरे, जयलक्ष्मी छन्त्याल पुन, ओम सुनार, रामकुमार केसी र ज्ञानेन्द्र शाही निर्णायकको भूमिकामा रहनुभएको आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिनुभयो ।
समारोहमा वरिष्ठ कलाकार मुरलीधरलाई दीर्घ साधना सम्मान प्रादन गरिएको थियो भने कलाकार ध्रुर्वराज खड्का, गौरी मल्ल, नवराज घोरासैनी, आनन्द कार्की, उत्तम केसी, सुनिल मास्केलगायतलाई विशेष सम्मान अर्पण गरिएको थियो ।
यस्तै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याएको भन्दै ‘प्रेमगीत ३’ टिमको तर्फबाट कलाकार, निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै, राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री सम्मानित हुनुभएको थियो । थ्यस्तै सञ्चारकर्मी सम्मानबाट शरण हुमागाईं, कला सम्मानबाट अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अश्विनी कान्त झा, विजय कायस्था, विजेन्द्र नौबागे, धीरज खत्री अधिकारी, हनुमान यस्माली (सुदीप), जुरी ठाकुर, माधब भण्डारी, मञ्जुकुमारी थापा (लावती), नमराज ढुंगाना, राजेन्द्र अर्याल, रामकुमार नेपाली, सुस्मिता स्यांगतान र राजेश बर्देवा सम्मानित हुनुभएको थियो । यस्तै सामाजसेवी भोजबहादुर खत्री, शान्त महर्जन, मुरली धिमाल र नोमा थापाई पनि सम्मान गरिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका