काठमाडौं । सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।
‘काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।’ सरकारकी प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री रेखा शर्माले भन्नुभयो ।
उहाँले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापन नीतिगत रूपमा स्थानीय सरकारले गर्ने हो । सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौँ । उहाँ अराजकतातिर जानुभएको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ । कि त नीति परिमार्जन हुनुपर्यो । नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो ।’
उहाँले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका