✍️ प्रा.डा.कुसुमाकर न्यौपाने
१ जन्म :
संसारका विभिन्न प्रकारका प्राणीहरूमध्ये मानवले मात्र दृढ प्रतिज्ञा, अथक साधना र सत्कर्मकमा माध्यमबाट आफ्नो जीवनलाई सार्थक तुल्याएको हुन्छ । सुकरात, प्लेटो, अरस्तु, याज्ञवल्क्य, गौतम बुद्ध, जिजस, मोहम्मद, गान्धी आदि मानवहरूले यस्ता सोच र कर्मका आधारमा आफ्नो जीवनलाई अमर तथा युगीन तुल्याएका हुन् । यस्ता मानवका ऐतिहासिक कर्मको अध्ययनबाट धेरै मानिसहरूले आप्mनो जीवनलाई सार्थक तुल्याउने कार्य गरेका प्रमाणहरू यत्रतत्र पाइन्छन् । लक्ष्य प्राप्तिका निम्ति अनेक कष्ट व्यहोर्दैै सफलताको शिखरमा पुगेका यस्ता व्यक्तिहरूलाई सफल हुन चाहने व्यक्तिले आदर्श मानेर आफ्नो जीवनयात्रा अगाडि बढाइरहेका हुन्छन् । यस्ता महापुरुषहरूको जीवनगाथाबाट शिक्षा लिएर अनेक चुनौतीका पहाड फोड्दै आफ्नो जीवनयात्रालाई अगाडि बढाइरहेका एकजना व्यक्ति हुन् : प्रा.डा.यज्ञप्रसाद अधिकारी ।
पर्वत जिल्लाको दक्षिणी भेकको उच्च पहाडी भू-भागअन्तर्गत पर्ने एउटा सुन्दर लेकाली भू-भाग लुङ्खुदेउराली हो । अविरल पवनप्रवाह हुने महाशीला गाउँपालिकाको वडा-१ मा पर्ने त्यस डाँडामा भिन्नभिन्न वैशिष्ट्युक्त उन्नतिकामी विभिन्न जातजातिको बसोवास छ । तीमध्ये अधिकारी परिवारको आफ्नै खालको पहिचान छ । तिनै अधिकारी परिवारभित्रका ज्ञानपिपासु एवं धर्मभिरु पिता देवीप्रसाद अधिकारी र माता डिलकुमारी अधिकारीले गरेका कृषिकर्म र धार्मिक कृत्यहरू त्यस ठाउँका जनमनमा जीवित छन् । तिनै पितामाताका ज्येष्ठ सुपुत्रका रूपमा २०१० बैसाख ४ गतेका दिन त्यही सुन्दर भू-भागमा यज्ञप्रसाद अधिकारीको जन्म भएको हो ।
२ शैक्षिक यात्रा :
तात्कालिक अवस्थामा दुर्गम लेकाली भू-भागका रूपमा लुङ्खुदेउराली भन्ने ठाउँ परिचित थियो । त्यस्तो विकट ठाउँमा जन्मिए पनि कर्मनिष्ठ पण्डित पिता र दयालु मनकी आमाको व्यवहारबाट प्रेरित भएर बाल्यकालदेखि नै ज्ञानपिपासु बनेका यज्ञप्रसाद अधिकारीले घरमै पिताको सान्निध्यमा शिक्षा आर्जन गरेपछि एकैचोटि महेन्द्रज्योति मा.वि.भोक्सिङबाट-४ कक्षामा भर्ना भई सो कक्षा उत्तीर्ण गरे । त्यसपछि महेन्द्रज्योति हाइस्कुल लुङ्खुमा पाँच कक्षामा भर्ना भई सो कक्षा उत्तीर्ण गरे । सरस्वती नि.मा.वि.लामेमा ६ कक्षामा भर्ना भई त्यहाँ तीन वर्ष अध्ययन गरेर आठ कक्षा उत्तीर्ण गरे ।
नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारलाई सशक्त अनि प्रभावकारी तुल्याउने उद्देश्यका साथ जीवन अर्पित गरिरहेका यज्ञप्रसाद अधिकारी नेपाली कांग्रेका २०४८ पछिका अधिवेशनमा कहिले महाधिवेशन प्रतिनिधि, कहिले महासमिति सदस्य, कहिले केन्द्रीय विभागको पदाधिकारी भई काम गरे ।
त्यसपछि स्याङ्जाको त्रिशहीद हाइस्कुल पञ्चमूल सिरुबारी भन्ने स्कुलमा नौ कक्षामा भर्ना भए अनि त्यहाँ दुई वर्ष अध्ययन गरेर एस.एल.सी.उत्तीर्ण गरे । खेतीपाती तथा घाँसदाउरा गरेर शिशुकक्षादेखि एसएलसीसम्मको शिक्षा आर्जन गरेका यज्ञप्रसाद अधिकारीले आप्mना पिताबाट धर्मशास्त्र र कर्मकाण्डको पनि अनौपचारिक ज्ञान आर्जन गरे । यस किसिमको शिक्षाले यज्ञप्रसाद अधिकारीको वाणी, व्यवहार र कर्ममा सौन्दर्य ल्याइदिएको अनुमान गर्न सकिन्छ । स्कुल तहको शिक्षा आर्जन गर्दा खाली खुट्टा हिँडेर अनेक सास्ती सहँदै अगाडि बढेका यज्ञप्रसाद अधिकारी भित्रस्थित ज्ञानआर्जन गर्ने तृष्णा मेटाउने ठाउँ नजिक गाउँमा थिएन ।
पर्वत जिल्लाको लुङ्खु, भोक्सिङ, लामे र स्याङ्जाको सिरुबारी समेतका भू-भागको सुन्दर प्रकृति र शीतल प्राकृतिक वातावरणमा बाल्यकाल व्यतीत गरेका यज्ञप्रसाद अधिकारीलाई उच्च शिक्षा आर्जन गर्नका निम्ति नजिकमा उच्च शैक्षिक संस्था नभएका कारण आफ्नो सुन्दर जन्मस्थल छाड्नुपर्ने स्थिति आयो । उच्च शिक्षा आर्जन गर्ने अभिलासाका साथ यिनी चितवन गए अनि २०३० सालमा वर्तमान वीरेन्द्र क्याम्पस भरतपुरमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भए । त्यहाँ दुई वर्ष निकै उत्साह र मिहिनेतका साथ अध्ययन गरेका कारण यिनले प्रवीणता प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तीर्ण गरे ।
प्रवीणता प्रमाणपत्र तहको परीक्षा परिणामबाट उत्साहित भएका यज्ञप्रसाद अधिकारीलाई अझ फराकिलो ठाउँमा गएर अध्ययन गर्दाको अवस्था अझ कामयावी हुने बोध भयो । त्यसपछि यिनी स्नातक तह अध्ययनका निम्ति काठमाडौं गएर २०३३ सालमा त्रि-चन्द्र क्याम्पसमा भर्ना भए । त्यहाँबाट २०३४ सालमा स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर तहको अध्ययनका निम्ति कीर्तिपुर पुगे । राजनीति शास्त्र विषय लिएर कीर्तिपुरमा अध्ययन गरेका यज्ञप्रसादले त्यहाँबाट स्नातकोत्तर तह उत्तीर्ण गरे ।
२०४२ सालमा त्रि.वि.अन्तर्गत प्राध्यापन पेशामा संलग्न भएका अधिकारीलाई ज्ञान आर्जनको तृष्णा अझै मेटिएन । त्यसपछि विद्यावारिधि उपाधि प्राप्त गर्ने उद्देश्यले यिनी वनारस हिन्दू विश्वविद्यालयमा भर्ना भए । त्यहाँबाट यिनले ‘नेपाली कांग्रेसको विदेश नीति’ विषयमा केन्द्रित भएर विद्यावारिधिको उपाधि प्राप्त गरे । यसै क्रममा स्वदेश तथा विदेशमा पनि विभिन्न शीर्षकका गोष्ठीपत्र प्रस्तुत गरी आफ्नो विद्वता प्रदर्शन गरे । यस्तै विभिन्न शीर्षकका पुस्तक लेखे साथै लेख प्रकाशित गरे । यिनै सत्कर्मको परिणाम २०६० सालमा त्रि.वि.सेवा आयोगबाट प्राध्यापक पदमा पदोन्नति भए । त्यसपछि यिनी प्रा.डा.यज्ञप्रसाद अधिकारी नामबाट चिनिने गरेका छन् ।
राजनीतिक यात्रा :
आप्mनो गाउँबस्ती र त्यहाँको समाजलाई गरिबी, अशिक्षा, अस्वास्थता, पछौटेपन र अभावले ग्रस्त पारेको देखेर व्याकुल बनेका यज्ञप्रसाद अधिकारीलाई समाज वा देशका यस्ता पक्षलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने हुटहुटी चल्न थाल्यो । यस्ता पक्षलाई निराकरण गरी समाजमा परिवर्तन ल्याउन राजनीतिमा लाग्नुपर्छ भनेर यिनलाई आफ्ना मामा देवेन्द्र उपाध्यायले यिनको रुचिलाई ध्यानमा राखेर नेपाली कांग्रेसको राजनीतितर्पm लाग्न प्रेरित गरे । त्यसपछि यिनी बाल्यावस्थादेखि नै नेपाली कांग्रेसको विचारसित मोहित भए । त्यसको परिणाम यिनी २०२६ सालमा सरस्वती निमावि लामेमा त्यहाँको विद्यार्थी संघको सभापति बने ।
२०२८ सालमा सिरुबारीबाट गण्डकी छात्रपरिषद्को सभामा भाग लिन प्रतिनिधि भई उत्साहका पोखरा आए । पोखराको भेटघाट र राजनीतिका क्रियाकलापले यिनलाई अझ उत्साहित तुल्यायो । वीरेन्द्र क्याम्पस भरतपुरमा २०३१ सालमा स्ववियुको सभापति पदमा उम्मेदवार बने । प्रखर भाषण र गतिविधि प्रदर्शन गरेकै कारण २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा स्ववियुको सभापति बने । कीर्तिपुरमा पढ्दै गर्दा वाक्कलामा दक्ष, विचारप्रतिको दृढता अनि शिक्षाप्रतिको लगन अनि इमान देखेर नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले यिनलाई २०३६ सालमा त्रि.वि.कीर्तिपुरको स्ववियुको सभापतिको उम्मेदवार बनायो ।
त्यसबेला यिनले कीर्तिपुरमा भाषण गरेको सुन्न विद्यार्थीहरूको ठूलो भीड लाग्थ्यो । त्यस निर्वाचनमा पनि यिनले अत्यधिक मतका साथ स्ववियु सभापति पदमा विजय प्राप्त गरे । यिनले विद्यार्थी तथा विश्वविद्यालको हितका निम्ति यिनले गरेको गतिविधिलाई त्यति बेलाका विद्यार्थी र प्राध्यापकहरू मुक्त कण्ठले प्रशंसा गर्दछन् । विद्यार्थी अवस्थादेखि नै नेपाली कांग्रेसको राजनीतिक सिद्धान्तबाट प्रेरित, प्रभावित भई त्यस पार्टीप्रति बफादार बनेर निरन्तर लागिपरेका यज्ञप्रसाद अधिकारीले त्यही राजनीतिमा लागेका कारण अनेक यातना सहनुप¥यो । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गरेपछि त्यस नीतिको प्रचारप्रसारमा सक्रियतापूर्वक लागेका यज्ञप्रसाद अधिकारीलाई त्यही मेलमिलापको पर्चा बाँडेका बेलामा तात्कालिक प्रहरीले गिरफ्तार गर्यो अनि यिनले ९ महिना जेलजीवन व्यतीत गर्नु पर्यो । पढेर ठूलो बनी भेट्न आउला भनी मिठो सपना बुनेका यिनका पितामातालाई छोरो त जेल प¥यो भन्ने सुनेपछि यस घटनाले कताकता पिरोल्न थाल्यो ।
राष्ट्रका लागि अर्पित भएका कारण यज्ञप्रसाद अधिकारीमा भने भयले कत्ति पनि स्थान ओगटेन । जनताका नाममा नौ महिने जेल जीवन व्यतीत गरेर बाहिर आएपछि नेपाली कांग्रेसका नेताहरूको निकट बनेर पार्टीको वैचारिक मार्गमा अझ जाँगरका साथ निरन्तर क्रियाशील यज्ञप्रसाद अधिकारी २०४२ सालमा भद्रअवज्ञा आन्दोलनमा लागे । त्यसमा लागेका कारण तात्कालिक सरकारले यिनलाई गिरप्mतार ग¥यो अनि अनेक यातना दिँदै रौतहटको जेलमा थुन्यो । त्यहाँ महिनौँ जेल जीवन व्यतीत गरेपछि यिनी जेलमुक्त भए ।
प्रजातन्त्र प्राप्तिका निम्ति २०४६ सालमा गरिएको आन्दोलन सफल तुल्याउन यिनी खटेर लागे । त्यसबेला पनि यिनलाई तात्कालिक सरकारले गिरफ्तार गरी वीरगञ्ज जेलमा लगेर थुन्यो अनि प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र यिनी जेलमुक्त भए । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका निम्ति यिनी यसरी पटक-पटक जेलजीवन व्यतीत गर्न बाद्य भए ।
अनेक रोगसित जुद्धिरहेका प्रा.डा.यज्ञप्रसाद अधिकारी अहिले चितवनको भरतपुरस्थित घरमा औषधि सेवन गरेर जीवन व्यतीत गरिरहेका छन् । यिनका दाहिने हातखुट्टा चल्दैनन् । पत्नी भुवन थपलियाका सहारामा यिनले खानपिन तथा भित्रबाहिर गर्ने गरेका छन् ।
नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारलाई सशक्त अनि प्रभावकारी तुल्याउने उद्देश्यका साथ जीवन अर्पित गरिरहेका यज्ञप्रसाद अधिकारीले नेपाली कांग्रेका २०४८ पछिका अधिवेशनमा कहिले महाधिवेशन प्रतिनिधि, कहिले महासमिति सदस्य, कहिले केन्द्रीय विभागको पदाधिकारी भई काम गरे । नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारले आमजनताको हृदयलाई कसरी छुन सक्छ भन्ने विषयमा केन्द्रित भएर पटकपटक बहस चलाए, त्यसप्रतिका आफ्ना विचार र चिन्तनलाई सशक्त रूपमा प्रस्तुत गरे । त्यस क्रममा पर्वत र चितवनमा यिनीले आफ्नो राजनीतिक कर्मक्षेत्र बनाए । ती ठाउँका साथै नेपालका विभिन्न जिल्लामा नेपाली कांग्रेका सिद्धान्त, विचार तथा नीतिबारे स्पष्ट पार्दै हिँडे ।
अहिलेको अवस्था :
नेपाली कांग्रेसको वैचारिक तथा राजनीतिक यात्रामा बाल्यकालदेखि जीवनको उत्तराद्र्धसम्म निरन्तर क्रियाशील यज्ञ अधिकारीले आप्mनोभन्दा पनि समग्र नेपालको उज्यालोको खोजीमा आफूलाई सक्रिय तुल्याए । विकट ठाउँमा जन्मिएर संघर्ष गर्दै शैक्षिक क्षेत्रको उच्च तहसम्म आपूmलाई पुर्याए अनि धेरै विद्यार्थीहरूको जीवन पनि उज्यालो बनाइदिए । राजनीतिक यात्रामा हिँडेका अग्रज तथा अनुजलाई पनि वैचारिक रूपमा सबल तुल्याउने काम गरे । यस्ता कार्य गर्दा यिनले व्येहोरेका कठिनतम् घटनाहरू अविस्मरणीय रहेका छन् ।
२०७५ सालदेखि अहिलेसम्म यज्ञप्रसाद अधिकारी मृत्युसित लाप्पा खेलिरहेका छन् । साथीभाइहरूसित बस्ने, हाँस्ने र ज्ञानका कुराकानी गर्न रुचि राख्ने यी अधिकारीलाई २०७५ वैशाख १९ गतेका दिन अचानक मस्तिष्कघात भयो । त्यस रोगबाट बचाउनका निम्ति यिनलाई काठमाडौंस्थित न्यूरो अस्पतालमा भर्ना गरियो । लामो उपचारपछि यिनी घरमा आए । पूर्ण स्वास्थ्य जीवन पाउने आशाका साथ यिनी विभिन्न आयुर्वेदिक र प्राकृतिक चिकित्सकसँग पनि उपचार गराए । खर्चको खोलो बग्यो ।
उक्त घटना भएको नौ महिनाको अन्तरालमा यज्ञप्रसाद अधिकारीको मस्तिष्क रक्तश्राव भयो । त्यस रोगले बोल्न नसक्ने बनायो । त्यस रोगबाट बचाउनका निम्ति यिनलाई पुनः काठमाडौंस्थित न्यूरो अस्पताल अनि सोल्टीमोडस्थित इस्पार्क होममा उपचार गराइयो । यस्ता मिहिनेत गर्दा पनि तीन महिनासम्म यिनको बोली फुटेन । रोगसित लडिरहेका बेलामा आमाको देहावसान भयो । रोगले आक्रान्त बनेका यज्ञप्रसाद अधिकारीलाई कोरोनाकालमा बाँचुँला भन्ने आस पूर्णरूपमा गुमेको थियो । त्यसपछि यिनी दिल्लीस्थित एम्स अस्पतालमा उपचारका निम्ति गए । त्यस अस्पतालमा ३५ दिन बसे । त्यहाँको उपचारबाट केही स्वास्थ्य लाभ गरेपछि यिनी पुनः आफ्नै घरमा आए ।
डाक्टरको खुबी र अझ बढी पत्नी भुवन थपलियाको सिहारसुसारका कारण काललाई परास्त गर्न सफल यज्ञप्रसाद अधिकारी राजनीतिक साथी साथी जस्ता हुन नसकेकामा विरक्त बनेका छन् । साथीहरूबाट सहयोग त परै जावोस् सद्भावपूर्ण व्यवहारसमेत नपाउँदाका निराशाले यिनी व्याकुल बनेका छन् । राष्ट्रका निम्ति आफूलाई अर्पित गरेका यी विद्वान्, विचारक एवं चिन्तकको जीवन अशक्त हुँदा पार्टी तथा राष्ट्रले सद्भाव नराखेको देखेपछि सुपरिचित नागरिकका मस्तिष्कमा निराशाले वास जमाएको देखिएको छ ।
यसरी अनेक रोगसित जुद्धिरहेका प्रा.डा.यज्ञप्रसाद अधिकारी अहिले चितवनको भरतपुरस्थित घरमा औषधि सेवन गरेर जीवन व्यतीत गरिरहेका छन् । यिनका दाहिने हातखुट्टा चल्दैनन् । पत्नी भुवन थपलियाका सहारामा यिनले खानपिन तथा भित्रबाहिर गर्ने गरेका छन् । भावुक स्वभाव अनि कमलो मन भएका अधिकारी अहिले आफ्ना पुराना साथीहरू सम्झँदै व्याकुल हुन्छन् अनि कुरा गर्दैगर्दा गहु्रङ्गो मन बनाउँदै यिनी एकाएक आँसु झार्छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका