एकल महिलाको गुनासो सुन्न उपाध्यक्ष पुगिन् राहत लिएर गाउँमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा एकल महिलालाई राहत बोकेर गाउँ –गाउँ पुग्ने गर्नुभएको छ । निर्वाचित भएदेखि पालिका भित्रका लक्षितवर्ग अन्तरर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला लगायतका गुनासो सुन्दै उहाँ राहत बोकेर गाउँमा पुग्नु भएको हो ।

बुधबार उक्त पालिकाको वडा नं.१ र २ का लक्षित वर्ग भित्र पर्ने एकल महिलालाई कम्बल लिएर गाउँमा पुग्नुभयो । उपाध्यक्ष सहायत कार्यक्रम अन्तर्गत समुह गठन परिचालन तथा न्यानो कम्बल वितरण कार्यक्रम सुरु गर्नुभएको छ । उपाध्यक्ष गोरीकला बुढाले भन्नुभयो, “वडा नं. १ मा २३ जना र २ नम्बर वडामा २० जना गरी ४३ जना एकल महिलालाई कम्बल वितरण गरेको उपाध्यक्ष बुढाले बताउनु भयो । उहाँले भन्नुभयो–जेष्ठ नागरिक तथा एकल महिलाका आशिर्वाद लिदै मतदाताका गुनासो सुन्दै घरदैलो कार्यक्रम गरिहेका छौँ ।

नागरिकका जनगुनासा तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नेका लागि यो कार्यक्रम पालिका नौवटै वडामा लागु गरेको उपाध्यक्ष बुढाको भनाई छ । पालिकाले १० लाख बजेट विनियोजित गरिएको छ । पालिका भित्रका करिब दुई सय ८ जनालाई सो कार्यक्रमबाट राहत प्रदान गरिने लक्ष्य रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले उच्च जोखिममा रहेका सबै लक्षित वर्गलाई न्यानो कम्बल वितरण गरिने बताउनु भयो । वडा नं. १ का कार्यवाहक वडाध्यक्ष हस्तविर दमाईका अनुसार स्थानीय सरकारको सबैभन्दा पहिलो प्रथामिकता भनेको स्थानीयवासीको माग सम्बोधन गर्नु हो । उहाँले भन्नुभयो– स्थानीय बासीको माग बमोजिम नै कार्यक्रम सञ्चालन गर्दै आएको छौँ । वडाका जनप्रतिनिधि र कर्मचारी र स्थानीय बासीको कार्यक्रमा सहभागिता रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?