मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १० मा मोटरसाईकलको ठक्करले एक बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ ५ः३० बजेको समयमा युपी ५६ ए, यु ३६८९ नम्बरको भारतीय मोटरसाईकलले लक्ष्मीपुरका राजेश चौधरीको छोरी ९ वर्षिय बालिकालाई ठक्कर दिएको थियो ।

गम्भिर घाईते बालकको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभएको छ । चालक पाल्हिनन्दन गाउँपालिका ६ बस्ने वर्ष २६ का उमेश कुमार सहानीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक पाण्डेले बताउनुभयो ।

शव अस्पतालमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?