बेन्फिकामाथि मिलानको जित

Read Time = 3 mins

मिलान । इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा पोर्चुगिज क्लब बेन्फिकालाई २-० गोलअन्तरले पराजित गरेको छ । इन्टरको जितमा निकोलो बरेल्ला र रोमेलु लुकाकुले एक /एक गोल गर्नुभयो । ५१औँं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाउनुभयो । उहाँले एलेसान्द्रो बास्टोनीको पासमा गोल गर्नुभएको थियो । ८२औँं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-० को जित दिलाउनुभयो ।

यस जितसँगै इन्टरले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लिगमा यही नतिजा कायम राख्न सके इन्टर सेमिफाइनलमा पुग्नेछ । बेन्फिकालाई भने कम्तीमा पनि ३-० को जितको खाँचो छ । दोस्रो लिग इन्टरको मैदानमा १९ अप्रिलमा हुनेछ ।

यस्तै, युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि ३-० को सहज जित निकालेको छ । सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालाण्डले गोल गर्नुभयो ।

खेलको २७औँं मिनेटमा रोड्रीको गोलबाट सिटीले सुरुवाती अग्रता लियो । ७०औँं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो । सिल्भा यसपटक हालाण्डको पासमा गोल गर्न सफल हुनुभएको थियो । ७६औँं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको जित पक्का गराउनुभयो ।

यस जितसँगै सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । दोस्रो लिगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा पुग्नेछ । बायर्नलाई सेमिफाइनलमा पुग्न दोस्रो लिगमा कम्तीमा ४–० को जित आवश्यक छ । दोस्रो लिग बायर्नको मैदानमा १९ अप्रिलमा हुनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?