केटिएम सिटीको नयाँ वर्ष अफर

Read Time = 1 min

काठमाडौं । केटिएम सिटीले नयाँ वर्षका अवसरमा ‘इण्ड अफ इयर सेल’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले एक सय ९०, दुई सय ९० र तीन सयमा केटिएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । वैशाख २ गतेसम्म चल्ने अफर सीमित लुगामा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नेपाली ब्राण्ड केटिएम सिटीले सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । शेर्पा आउटडोरअन्तर्गतको केटिएम सिटीले खेलकुद, फेसन, लाइफस्टाइलसँग जोडिएर उत्पादनहरू ल्याउने गरेको छ । केटिएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट प्रायोजकसमेत रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?