काठमाडौंको हितमा काम नगर्ने भए कि सिंहदरबार सार्नुस् वा राजधानी सार्नुस् : मेयर बालेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरवार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिनुभएकाे छ ।

आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरवारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरका मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।

यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भन्नुभएकाे हाे ।

काठमाडौंवासीलाई राजनीति नचाहिएको भन्दै उहाँले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताउनुभएकाे छ ।

काठमाडौंको हितमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेख्नुभएकाे छ, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?