वन्यजन्तुलाई पानीको व्यवस्था

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । नयाँ वर्षको अवसरमा सर्लाही ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जंगलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको छ ।

सर्लाहीको बाँके जंगल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ-ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो ।

अभियानको नेतृत्व गर्नुभएका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति प्रमोद बरालले पछिल्लो समय मानिस विकसित भएपछि वनस्पति र जनावरलाई बेवास्ता गरिरहेको अवस्थामा यि दुवैलाई संरक्षण गर्ने उद्देश्यसहित वन्यजन्तुलाई पानी पिउने प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।

उहाँले फूलजोरदेखि बाँकेसम्म राजमार्गको छेउमा ड्रमभित्र पानी राखेर जंगली जनावरलाई पानी पिउने व्यवस्था मिलाएको बताउनुभयो । वनभित्र पानीको स्रोत नहुँदा जीवजन्तु पानीको खोजीमा मानव बस्तीतर्फ पसिरहेको अवस्थामा स्थानीय तह, डिभिजन वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई वनभित्रै पानीको स्रोत व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने उद्देश्य समेत राखेर आफूहरुले यस अभियान सञ्चालन गरेको बरालले बताउनुभएको छ ।

नयाँ वर्ष २०८० को शुभ अवसरमा फूलजोरदेखि बाँकेसम्मको जंगल क्षेत्रको ठाउँ-ठाउँमा आधा काटिएको ड्रम राखेर पानी भरेर छाडिएको हो । बाँके जंगल क्षेत्र वन्यजन्तुको बढी ओहोरदोहोर र बासस्थान हुने जंगलमा पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?