भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन

हिमालय टाइम्स
Read Time = 1 min

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?