टोकियो । नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६ औँ नियमित साहित्य शृङ्खला’ सम्पन्न गरेको छ।
जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्य रहेको सो कार्यक्रमको अध्यक्षता अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्माले र कार्यक्रम सञ्चनलन संस्थाका सचिव अनिलकुमार निर्दोषले गर्नुभएको थियो । यसरीनै स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश संस्थाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक अरुण पौडेलले पार्नुभएको थियो ।
पोखराको इन्द्रेणी थिएटरसँग आवद्ध कलाकारहरू दीपेन्द्र पौडेल, कपिल शर्मा र केदारनाथ पौडेलको विशेष प्रहसन रहेको सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा अनेसास जापानका निवर्तमान अध्यक्ष प्रकाश पौडेल (माहिला) , अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट, बिओटी सदस्य शुष्मा ओमाता, अनेसास बाल समिति सदस्य तथा शिक्षक अर्जुन सडौला रहनुभएको थियो ।
नेपालबाट जापानका विभिन्न शहरहरू घुम्ने सिलसिलामा नयाँवर्षकै दिन टोकियो आईपुग्नु भएका ख्यातिप्राप्त कवि, गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीको समेत साहित्यिक प्रस्तुति रहेको सो कार्यक्रममा गृष्मा पौडेल, एरिका सापकोटा, अस्मिता पौड्याल ,मञ्जु गिरी, अरुण पैडेल, दीपा घिमिरे, यामा शेरचन, लगायत दर्जनौँ सर्जकहरूले आफ्ना रचना वाचन गरेका थिए।
सो कार्यक्रममा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माहिला, रङ्गकर्मीहरू केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेललाई प्रशंसा प्रदान गरिएको थियो। संस्थाका सचिव अनिलकुमार निर्दोषको सहजीकरणमा सम्पन्न कार्यक्रमको समापन गर्ने क्रममा संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने व्यक्तित्व, सहभागी र अतिथिहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कुनै बेला आफू पनि रङ्गमञ्चमा काम गरेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि डा. दुर्गाबहादुर क्षेत्रीले नेपाली रङ्गमञ्च, साहित्य र चलचित्र क्षेत्रको इताहास खोतल्नु भएको थियो। मन्तव्यकै सिलसिलामा उहाँले भन्नुभयो, ‘प्रकाश पौडेल (माहिला) जस्ता होनहार प्रतिभा भएको जापानमा बस्ने नेपालीहरूले नेपालको रेमिट्यान्समा मात्र हैन साहित्यिक भण्डार बढाउन समेत ठूलो भूमिका खेलेको छ’।
साना साना स्कुले नानीबाबूहरूदेखि व्यावसायिक लेखन गर्नेहरूको जमघट रहेको सो समारोह नेपालमा हुने कार्यक्रमहरू भन्दा अझै अब्बल र सफल रहेको कवि, गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीले बताउनुभयो ।







न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार