बालकोटमा सभामुखसहित शीर्षनेताहरुको छलफल जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल भइरहेकाे हाे ।

स्वास्थ्यमा समस्या देखिएपछि निवासमै स्वास्थ्य लाभ गरिरहनु भएका एमाले अध्यक्ष ओलीकै निवासमा छलफल भइरहेको छ । छलफलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र तीन प्रमुख दलका सचेतकहरु पनि छलफलमा सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?