चालिस वर्षयता किन मदिरा पिउँदैनन् अमिताभ ?

Read Time = 2 mins

मुम्बई । फिल्मको पर्दामा मदिराले मातेको अभिनय गर्ने अभिनेता अमिताभ बच्चन कुनै समयमा वास्तविक जीवनमा पनि त्यसरी नै मात्थे । उनी मदिरा प्रेमी नै थिए । फिल्ममा विन्दास किसिमले मदिरा पिउने अमिताभ वास्तविक जीवनमा पनि उसरी नै मस्त पिउँथे ।

अमिताभ वास्तविकतामा मदिरा र चुरोटको शौखिन नै थिए । कलेज जीवनमा अमिताभलाई चुरोट र मदिराको आदत नै थियो । जुन समयमा उनी फिल्ममा जोडिएका थिएनन् । उनले एक ब्लगमा यी कुराको खुलासा गरेका छन् ।

‘ममाथि मदिरा र चुरोटको आदत यति बस्यो कि मैले अगाडि केही पनि देख्न छोडेको थिएँ । यद्यपि कलेजको प्रयोगात्मक ल्याबमा एक यस्तो घटना भयो, जुन घटनाका कारण मैले वास्तविक जीवनमा मदिरा र चुरोट छोडें’, उनले लेखेका छन् ।

कलेजको अन्तिम सेमेस्टरमा जब अमिताभ अन्तिम परीक्षा दिन कलेज पुगे, त्यहाँ उनले प्रयोगात्मक ल्याबमा एक प्रयोग गर्नुपर्ने थियो । अमिताभको दिमागमा त्यहाँ पनि मदिराको नशा चढ्यो र दिमागमा एक नराम्रो काम गर्नु योजना बन्यो । अमिताभले साथीहरुसँग मिलेर केमेष्ट्रि ल्याबमा राखिएको एक विशुद्ध मदिरा पिए । त्यसपछि उनीहरुले त्यहाँ हंगामा नै गरे । जुन कामबाट लज्जित भएर अमिताभले सदाका लागि मदिरा छोड्ने निर्णय लिए ।

विशुद्ध मदिरा पिएपछि अमिताभ र उनका साथीहरु पूर्ण रुपमा अस्वस्थ भए । त्यहीकारण ४० वर्षदेखि अमिताभले मदिरालाई छोएका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?