काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।
मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३/३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए । केहीबेरमै नेपालले जवाफी ब्याटिङ गर्दै छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका