पोखराबाट सुरु भयो ‘ब्रहृमाण्ड’

Read Time = 1 min

पोखरा । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रहृमाण्ड’को पोखरास्थित गुप्तेश्वर महादेवमा शुभमुहूर्त गरिएको छ । ओटीटी प्लेटफर्मका लागि निर्माण हुन लागेको सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहनेछ ।

रियाज नाटक्कारले निर्देशन गर्ने सिरिजमा पुरुषोत्तम प्रधानको छायांकन रहने छ । सिरिजमा सुनील थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्टलगायत कलाकारको अभिनय रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?