कर्मचारीले तलब नपाएपछि सानिगाड लघु जलविद्युत आयोजनाको विद्युत सेवा बन्द

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । कर्मचारीले डेढ वर्षदेखि तलब नपाएको भन्दै सानिगाड लघु जलविद्युत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । बुंगल नगरपालिकाको-७ सेलानीमा रहेको सानिगाड लघु जलविद्युत आयोजना आइतबारदेखि बन्द गरिएको हो ।

विद्युत् आयोजनाका म्यानेजर नवराज जोशी, सहायक म्यानेजर साथिका जाग्री, अपरेटर जनक बोहरा र जनजित धामीले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा आइतबारदेखि बन्द गरेका हुन् । २०७८ साल मंसिरदेखिको आफुहरुले पाउनुपर्ने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको विद्युत् आयोजनाका म्यानेजर नवराज जोशीले बताउनुभयो ।

विद्युत् बन्द गरिएपछि बुंगल नगरपालिका वडा नं ६,७ र ८ का १ हजार २ सय ६५ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अबरुद्ध हुदा लाभान्वित क्षेत्रमा संचालित साना तथा मझौला कलकारखाना, कुटाइ पिसाई गर्ने मिल संगै मोबाइल चार्ज लगायतका अन्य सबै सेवाहरू प्रभावित बनेका छन । तलबका लागि विद्युत प्रयोग गरेवाफत प्रत्यक घरपरिवारले मासिम ८० रुपैयाँ संकलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नहुदा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको आयोजनाका म्यानेजर जोशी भनाइ छ । तलब नदिँदा सम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उहाँले बताउनुभयो ।

हालसम्म उपभोक्ताबाट उठ्नुपर्ने महसुल १४ लाखसम्म रहेको भएपनि उठाउन नसक्दा समस्या भएको छ । २०७८ साल मंसिर देखीको हाल सम्म कर्मचारीले पाउनुपर्ने रकम १२ लाख रहेको भएपनि कुनै पनि कर्मचारीले तलब नपाएको अपरेटर धनजित धामीले बताउनुभयो ।

‘पटकपटक आफुहरुले काम गरेको तलब माग्न समिती सङ्गै सम्बन्धित निकायलाई अनुरोध गर्यौ तर पनि लामो समय हुदा पनि अझै केही हात लागेन’ पावरहाउसमा काम गर्ने अपरेटर धामिले भन्नुभयोे । ‘न समितिले हाम्रो कुरा सुन्यो न वडा सरकारले सुन्यो न त अरु कुनै सम्बन्धित निकायले नै सुन्यो त्यसैले विद्युत सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका हौ ।’

उहाँले भन्नुभयो, तलब नपाएकै कारण एक जना कर्मचारी राजेन्द्र जाग्रीले गत मंसिरदेखि राजिनामा दिनुभएको छ । यस बिषयमा बुंगल नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्र बहादुर जाग्रीले भने सबै संग कुरा गरेर मिलाउने काम भइरहेको बताउनुभयो । आयोजना व्यवस्थापन उप समितीका संयोजक उज्जल बोहरा भने उपभोक्ताबाट बिद्धुत महसुल असुल नभएका कारण कर्मचारीले तलब नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, कहि उपभोक्ताबाट बिद्युत महसुल उठाउन सकिएन भने उठेको महसुल मर्मत खर्च र बिग्रीएको समान खरीदमा सकियो , अब गाउँगाउँमा गएर छिट्टै महसुल असुल गरेर कर्मचारीको तलब दिन्छौ’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?