काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुवास तामाङले जित्नुभएको छ । प्रो. सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुवास लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल हुनुभएको हो । यो उहाँको करियरको चौथो प्रोफेसनल उपाधि हो । डिफेन्डिङ च्याम्पियन सुवासले अन्तिम दिन ३-अण्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३-अण्डर २ सय ७५ को स्कोर बनाउनुभयो । १-अण्डर ७१ सहित समग्रमा ९-अण्डर २ सय ७९ को स्कोरमा सञ्जय प्रोफेसनलतर्फ पहिलो हुनुभयो । समग्रमा भने उहाँ दोस्रो हुनुभयो । उहाँले एक लाख चालिस हजार प्राप्त गर्नुभयो ।
समग्रमा ४-अण्डर २८४ को स्कोरमा निरज तामाङ र जयराम श्रेष्ठले संयुक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँड्नुभयो । निरजले २-अण्डर ७० र जयरामले ६-अण्डर ६६ को उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँहरूले जनही ७८ हजार ५ सय हात पार्नुभयो । समग्रमा २-अण्डर २६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरूपमा चौथो स्थानमा प्रतियोगिता सक्नुभयो । रमेशले ४-अण्डर ६८ र भुवनले ३-ओभर ७५ मा अन्तिम दिनको खेल सक्नुभयो । दुवैजनाले जनही ५१ हजार प्राप्त गर्नुभयो ।
रवि खड्काले समग्रमा इभन-पार २८८ सहित छैटौँ भएर ४० हजार ५०० नगद पुरस्कार प्राप्त गर्नुभयो । अन्तिम दिन उहाँले ६-ओभर ७८ को खराब प्रदर्शन गर्नुभयो । कमल तामाङ र तोरणविक्रम शाहीले संयुक्तरूपमा सातौँ स्थान बाँड्नुभयो । तोरणले इभन-पार ७२ र कमलले ३-ओभर ७५ को स्कोरमा समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा खेल सक्नुभयो । उहाँहरूले ३५ हजार ५ सय प्राप्त गर्नुभयो ।
२-ओभर ७४ सहित समग्रमा ८-ओभर २९६ को स्कोरमा धरानका बलभद्र राई नवौँ हुनुभयो । उहाँले ३२ हजार हात पार्नुभयो । समग्रमा १०-ओभर २९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७-ओभर ७९ खेल्दै पोखराका प्रो. भुबहादुर गुरूङ १०औँ हुँदै ३० हजार प्राप्त गर्नुभयो ।
प्रो र एमेच्योर दुवैतर्फको उपाधि सुवासले जित्दा युवा गल्फर सदभाव आचार्य एमेच्योरतर्फ दोस्रो हुनुभयो । ४-ओभर ७६ मा अन्तिम दिनको खेल सक्नुभएका उहाँले समग्रमा इभन-पार २८८ को स्कोरमा प्रतियोगिता सक्नुभयो । समग्रमा ३-ओभर २९१ सहित टासी छिरिङ तेस्रो हुनुभयो ।
अन्तिम दिनको खेल सुरूवात गर्दा सुवाससँग दुई स्ट्रोकको अग्रता थियो । फ्रन्ट नाइन ३-अण्डर ३३ मा पूरा गर्दा उहाँलाई कुनै पनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन् । दोस्रो होलमा एक सट खेर फाल्नुभयो । तर, त्यसपछि तेस्रो, पाँचौँ, छैटौँ र आठौँ होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो । उहाँले ब्याक नाइन इभन-पार ३६ मा सक्नुभयो । ११औँ, १२औँ र १४औँ होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसक्नुभएको थियो । तर, १५औँ होलमा डबल बोगी खेप्नुभयो भने १८औँ होलमा एक सट खेर फाल्नुभयो ।
सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि सातौँ होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अण्डर ३५ मा टंग्याउनुुभयो । यसपछि ११औँ र १४औँ होलमा बर्डी प्रहार गर्नुभयो । तर, १०औँ र १६औँ होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन इभन-पार ३६ मा सक्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका