आर्मीले माग्यो चार हजार पाँच सय बढी सैनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन खुला गरेको छ । माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ ।

यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको जंगी अड्डाले जनाएको छ ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ । यस्तै र सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले अनलाईन फारम भर्न पाउने छन् । फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?