विद्यालय पाठ्यपुस्तक र सरकारी खर्चमा मितव्ययिता

Read Time = 15 mins

✍️ सञ्जय साह मित्र

अहिले विद्यालय शिक्षालाई निःशुल्क गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुनै किसिमको शुल्क नलाग्ने व्यवस्था गरिएको छ । माध्यमिक तहसम्म लागू गरिएको यस प्रावधानले सामुदायिक विद्यालयको सबै तहलाई समेट्दछ । पाठ्यपुस्तकमा सामुदायिक विद्यालयका हरेक विद्यार्थीको हक लाग्दछ । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारअन्तर्गत राखेको छ । यस मौलिक अधिकारको रक्षा गर्न नै सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । एकपटक भर्ना भइसकेको विद्यालयमा सोही विद्यार्थीलाई अन्य कुनै पनि तहमा पुनः भर्ना शुल्क नलाग्ने पनि बताइएको छ ।

यसैगरी शिक्षण र परीक्षाजस्ता शुल्क पनि लिन नहुने बनाइएको छ । कतिपय पालिकाले कक्षा नौ र कक्षा एघारमा रजिस्ट्रेसनवापत लाग्ने शुल्क पनि तिरिदिने गरेका छन् । यसैगरी कक्षा दश र बारको अन्तिममा हुने परीक्षाको परीक्षा शुल्क कतिपय पालिकाले नै व्यहोर्ने गरेका छन् । शिक्षामा स्थानीय सरकारका साथै प्रदेश सरकारको पनि लगानी बढ्दै गएको देखिएको छ ।

माध्यमिक तहमध्ये कक्षा एघार र बारलाई पाठ्यपुस्तक वितरणमा अझै केही समस्या देखिएको छ । सामान्यतया कक्षा एघारको कक्षा सञ्चालन भदौदेखि हुने र कतिपय ग्रामीण क्षेत्रको विद्यालयमा दशैँ वा छठपछि पनि कक्षा सञ्चालन हुनेगरेको छ । कक्षा एघारको रजिस्ट्रेसन यस वर्ष वैशाखमा पनि गर्न दिइने मौका दिएर वैशाखको प्रारम्भिक केही दिनसम्म रजिस्ट्रेशन गर्न दिइएको छ । यही वैशाखमा कक्षा बारको अन्तिम परीक्षा सुरु हुने कार्यक्रम सार्वजनिक भइसकेको र कक्षा एघारको रजिस्ट्रेसनको मौका दिइनुले कक्षा एघारको पठनपाठन कक्षा दशसम्मको जस्तो अलिक हुन नसकेको स्पष्ट पार्दछ ।

पाठ्यपुस्तक हरेक विद्यार्थीले निःशुल्क पाउनुपर्छ र अहिले कम्तीमा कक्षा दशसम्मका हरेक विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाइरहेको अवस्था छ । यस वर्ष करिब पचासी करोड ऋण लिएर पाठ्यपुस्तक छपाइ गरिएको सार्वजनिक भएको छ ।

सम्भवतः कक्षा एघार र बारको निःशुल्क पाठ्यपुस्तक पनि सहजरूपमा देशका सबै विद्यार्थीसम्म पुग्न नसकेको अवस्था छ । कक्षा एघार र बारमा पढ्ने विद्यार्थीले पन्ध्र-बीस हजार रुपैयाँको मोबाइल सजिलै किन्ने तर एक सय रुपैयाँ पर्ने पाठ्यपुस्तक किन्न नचाहने प्रवृत्ति देखिएको छ । सबै विद्यार्थीमा यो लागू हुँदैन तर ग्रामीण क्षेत्रको केही विद्यार्थीले मोबाइल बोक्ने तर किताब किन्न नचाहने प्रवृत्ति हावी रहेको छ ।

जसरी विद्यालय तहको तल्ला कक्षामा भर्नाका लागि विभिन्न अभियानहरुको सञ्चालन गरिन्छ र निश्चित मिति तोकेर पाठ्यपुस्तक वितरण तथा कक्षा सञ्चालन गराइन्छ, त्यसरी नै कक्षा एघार र बाह्रमा पनि सम्बन्धित विद्यालयलाई तदारुकताका साथ सबै कार्यक्रम अगाडि बढाउन निर्देशन र अनुगमनको आवश्यक छ । कक्षा एघार र बाह्रका विद्यार्थीले आफैंले पाठ्यपुस्तक किन्नुपर्दा र मन लागेको समयसम्म भर्ना भइरहँदा विद्यालय होइन, क्याम्पस पढेको अनुभूति गरिरहेका छन् ।

कक्षा एघारका विद्यार्थीमा विषय परिवर्तन गरिरहनुपर्ने समस्या रहेको छ । कहिले विज्ञान त कहिले वाणिज्य र कहिले कम्प्युटर त कहिले गणित र यस्तै अन्य विषय परिवर्तन गरिरहने तथा यसको लागि आवश्यक परे नयाँ रजिस्ट्रेशन गर्ने प्रवृत्ति पनि अलिकति रहेको छ । कक्षा दशसम्म अध्ययन गरेको विषयभन्दा माथि अध्ययन गर्दा धेरै विषय अध्ययनका लागि रहेको तथा अधिकांश विद्यालयले त्यस्तो अवसर प्रदान गरेको कारण पनि विद्यार्थीमा विषय परिवर्तन गर्ने स्वाभाविक चञ्चलता देखिएको हुन सक्छ ।

यदि समय निर्धारण गरेर रजिस्ट्रेशन गरिएको विषयको पाठ्यपुस्तक प्रदान गर्ने र त्यसपछि रजिस्ट्रेसन वा भर्नामा सजगता अपनाउने हो भने शिक्षाको गुणस्तरमा पनि सकारात्मक प्रभाव पर्ने हुन्छ । वार्षिक परीक्षाको समयमा आएर विद्यालयमा भर्ना हुनेले आफ्नो पढाइको मुख्य समय त्यसै खर्च गरेका हुन्छन्, त्यसैले जग नै कमजोर हुने सम्भावना रहन्छ । सम्भव भएसम्म कक्षा दशसम्म जसरी दैनिक उपस्थितिको तरिका अपनाइएको छ, कक्षा एघार र बारमा पनि विद्यार्थी हाजिरीको व्यवस्थालाई अनिवार्य गराइनुपर्छ ।

पाठ्यपुस्तक हरेक विद्यार्थीले निःशुल्क पाउनुपर्छ र अहिले कम्तीमा कक्षा दशसम्मका हरेक विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाइरहेको अवस्था छ । यस वर्ष करिब पचासी करोड ऋण लिएर पाठ्यपुस्तक छपाइ गरिएको सार्वजनिक भएको छ । विद्यार्थीले पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने गरेको भए पनि पाठ्यपुस्तक प्रकाशन गर्ने संस्थाले भने सोझै विद्यार्थीलाई उपलब्ध गराएको हुँदैन । पाठ्यपुस्तक विद्यालयले खरिद गर्छ र विद्यार्थीको हातसम्म पु¥याउँछ । विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्न सम्बन्धित पालिकाले विद्यालयलाई रकम अनुदानमा उपलब्ध गराउँछ र पालिकाले शिक्षाअन्तर्गत पाठ्यपुस्तकका लागि सशर्त अनुदान नेपाल सरकारबाट प्राप्त गर्दछ । यसबाट यो स्पष्ट हुन आउँछ कि पाठ्यपुस्तक विद्यार्थीको हातमा आइपुग्दासम्म निकै लामो प्रक्रिया पूरा हुने गर्दछ ।

अहिले हरेक विद्यार्थीको लागि पाठ्यपुस्तकको रकम निकासा हुने गर्दछ । यसको अर्थ यो हो कि हरेक विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक किनिन्छ । हरेक वर्ष हरेक विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउने हुँदा सरकारले हरेक वर्ष प्रत्येक विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तकको रकम निकासा गर्ने गर्दछ । प्रत्येक विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउँदा आनन्दित हुन पाउनु स्वाभाविक हो । अझ अब रंगीन पाठ्यपुस्तकको व्यवस्था भइरहेको छ । रंगीन पाठ्यपुस्तकले विषयवस्तुलाई बुझाउन पनि सहयोग गर्ने गर्दछ । कतिपय चित्रहरु रंगीन नहुँदा बुझ्न नै कठिन हुने अवस्थामा रंगीन पाठ्यपुस्तकको रंगीन चित्रले विद्यार्थीलाई वास्तविक वस्तु देखेको जस्तो अनुभूति गराउँछ । रंगीन पाठ्यपुस्तकको महत्व धेरै रहेको कुरामा अलिकति पनि आशंका छैन ।

बुुझिएको सामान्य तथ्य के हो भने सादा पाठ्यपुस्तकभन्दा रंगीन पाठ्यपुस्तकको छपाइमा खर्च धेरै बढी हुन्छ अर्थात् प्रतियुनिट लागत निकै बढी हुन्छ । र, अहिलेको प्रवृत्ति यही रहेको छ कि पाठ्यपुस्तक जस्तोसुकै होओस्, केवल एक शैक्षिक सत्रमा मात्र काम लाग्छ र अर्को शैक्षिक सत्रमा विद्यार्थीले फेरि अर्को नयाँ पाठ्यपुस्तक पाउँछ । विद्यार्थी, अभिभावक तथा विद्यालय सबैले यस कुरालाई राम्ररी बुझिसकेको छ । जब विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पर्दछ तब नै उसले यो मान्ने गर्दछ कि नितान्त मेरो पाठ्यपुस्तक भयो । सरकारले उपलब्ध गराएको छ र यसको उपभोक्ता म हुँ । हरेक विद्यार्थी पाठ्यपुस्तकमाथि एकाधिकार ठानेपछि पाठ्यपुस्तकको आयु केवल एक वर्ष नै हुनेगरेको छ र करिब अहिलेको अवधारणमा पनि यही रहेको देखिएको छ ।

अहिले एक वर्षमा कागजको मूल्यमा निकै वृद्धि भएको छ । गत वर्षको तुलनामा पाठ्यपुस्तकको मूल्य बढेको हुनुपर्छ, किनभने लागत बढेको छ । यसरी हरेक वर्ष लागत बढ्दै जानु स्वाभाविक भए पनि अहिले देशको आर्थिक अवस्थामा मितव्ययिता अपनाउनुपर्ने देखिएको छ ।

हरेक बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउनु राज्यको दायित्व हो तर यसरी एक वर्षका लागि मात्र पाठ्यपुस्तक उपलब्ध हुँदा राज्यको ठूलो लगानी एक वर्षका लागि मात्र हुन पुगिरहेको छ । यदि पाठ्यपुस्तकलाई अलिकति सम्हालेर उपयोग गर्ने हो भने अहिलेकै अवस्थामा कक्षा चारदेखि माथिका कक्षाहरुमा सामान्यतया दुई वा तीन शैक्षिक सत्रसम्म प्रयोग गर्न सकिन्छ । विद्यार्थीलाई पाठ्यपुस्तकमा गाता हाल्न प्रोत्साहन गर्ने वा गाताको व्यवस्था गरिदिने र पाठ्यपुस्तकको पाना नच्यात्ने तथा भित्रका पानामा कलमले केरकार नगरी सुरक्षित साथ उपयोग गर्ने हो भने राज्यको धेरै रकम जोगिने हुन्छ र उक्त रकम शिक्षाकै अन्य कार्यमा उपयोग गर्न सकिन्छ ।

अहिले एक वर्षमा कागजको मूल्यमा निकै वृद्धि भएको छ । गत वर्षको तुलनामा पाठ्यपुस्तकको मूल्य बढेको हुनुपर्छ किनभने लागत बढेको छ । यसरी हरेक वर्ष लागत बढ्दै जानु स्वाभाविक भए पनि अहिले देशको आर्थिक अवस्थामा मितव्ययिता अपनाउनुपर्ने देखिएको छ । सरकारले धेरै क्षेत्रको खर्चमा केही कटौती गरेको छ । धेरैतिरबाट देशको अर्थतन्त्रमा समस्या आउन सक्ने अड्कलबाजीहरु गरिँदैछ । यसकारण आर्थिक दृष्टिकोणले अहिलेको अवस्था विशेष परिस्थिति हो । कम्तीमा विशेष आर्थिक परिस्थितिमा हरेक विद्यार्थीलाई नयाँ नै पाठ्यपुस्तक उपलब्ध गराउनुको साटो गत शैक्षिक वर्षमा विद्यार्थीले पढेको पाठ्यपुस्तकमध्ये काम लाग्ने पाठ्यपुस्तक पुनः अर्को विद्यार्थीलाई उपलब्ध गराउन सकिने व्यवस्था गर्न पाए राम्रो हुन्थ्यो ।

हरेक विद्यार्थीलाई पुरानै किताब उपलब्ध गराइनुपर्छ भन्ने होइन तर पाना नच्यातिएको र राम्रो अवस्थामा रहेको गत शैक्षिक सत्रको पाठ्यपुस्तकमध्येबाट हरेक विद्यार्थीको हातमा एक दुईटा पुग्ने हो भने पनि सम्पूर्ण खर्चमा बिस पच्चीस प्रतिशत खर्च कम हुन्थ्यो । विद्यार्थीले पनि पढ्न पाउने तथा राज्यको आर्थिक मितव्ययिता नीतिमा पनि सहयोग पुग्ने अवस्था आउन सक्थ्यो । अहिले देशभर विद्यालयका बालबालिकाको हातमा पाठ्यपुस्तक पुगिरहेको सन्दर्भमा यो विशेष विचारणीय पक्ष रहेको मान्न सकिन्छ । कम्तीमा अहिले एउटा निर्देशन छरेर हरेक विद्यार्थीले अहिले प्राप्त गरेको पाठ्यपुस्तक अर्को वर्ष विद्यालयलाई बुझाउनुपर्छ र हरेक विद्यार्थीले पाठ्यपुस्तकको संरक्षण गर्नुपर्छ भन्ने जानकारी दिएपछि आउँदो शैक्षिक सत्रमा बढी प्रभावकारी हुने अवसर सिर्जना हुन पाउँथ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?