राजविराज । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको बिहीबार राति मृत्यु भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच वर्ष कैद भई २०७७ साल चैत ११ गतेदेखि राजविराजस्थित सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका महदेवा गाउँपालिका-३ का ५४ वर्षीय कैदी मिथिलेश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनु भयाे ।
कैद भुक्तान गरिरहेका यादवको खुट्टा सुनिएपछि उपचारका लागि विराटनगर स्थित कोसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा भर्ना पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएका थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच