पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

Read Time = 3 mins

पेरिस । एमबाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली एन्जर्समाथि दुई-एकको जित निकालेको छ । एन्जर्सका सादा थिओवले एक गोल फर्काउनुभयो । खेलको नवौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । २६औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्नुभयो । ८७औँ मिनेटमा सादाले गोल गर्दै खेललाई दुई-एकको स्थितिमा ल्याउनुभयो । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३२ खेलबाट ७५ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेको ६४ अंक छ । पराजित एन्जर्स १४ अंक जोडेर पुछारमा छ ।

यता, इंग्लिस प्रिमियर लिगमा आर्सनलले साउथहृयाम्टनसँग तीन–तीन गोलको बराबरी खेलेको हो । साउथहृयाम्टनका कार्लाेस अल्कारेज, थियो वाल्कोट र डुज कालेटा कारले गोल गर्नुभयो । आर्सनलका गाब्रिएल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले बराबरी गोल फर्काउनुभयो ।

खेलको चौथो मिनेटमा कार्लाेस अल्कारेजको गोलबाट साउथहृयाप्टनले अग्रता लियो । १४औँ मिनेटमा थियो वाल्कोटले दोस्रो गोल गर्नुभयो । २०औँ मिनेटमा गाब्रिएल मार्टिनेलीले आर्सनलका लागि एक गोल फर्काउनुभयो । ६६औँ मिनेटमा डुज कालेटाले गोल गरेपछि साउथहृयाप्टनले खेलमा तीन-एकको अग्रता बनायो ।

८८औँ मिनेटमा कप्तान ओडेगार्डले बेन हृवाइटको पासमा गोल गर्दै खेललाई तीन-दुईको स्थितिमा ल्याउनुभयो भने इन्जुरी समयमा साकाले गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

यस बराबरीसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको सिटीको ७० अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?