फिल्म निमात्री नमिताको ‘चाइने जो रेलिमाइ’

Read Time = 3 mins

काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

लोकपप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहनुभएका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ।

कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले दिनुभएको छ । राइराम पिक्चर युट्युबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको छ ।

गीतमा चर्चित रियालिटी शो कमेडी च्याम्पियन प्रस्तोता रिमा विश्वकर्माले बिजु पार्कीसँग अनस्क्रिन रोमान्स गर्नुभएको छ ।

औंसीको रातमा टहटह टल्किने मै हुँ जुन
मै भएपछि केलाई चाइयो तिमीलाई चाँदी सुन
चाइने जो रेलिमइ नजरैले हान

हेर्दा आकर्षक र सुन्दा फिल्मी शैलीको लाग्ने यो गीतको कोरियोग्राफी टिकटकमा डान्समार्फत चर्चित सन्जय विश्वकर्माले गर्नुभएको हो । उहाँलाई म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने अवसर जुराउनु भएको छ– म्युजिक भिडियोका निर्देशक बिजी आग्रीले।

सुन्दर परिवेशमा तयार पारिएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गर्नुभएको छ । भिडियोको सम्पादन तथा रंग संयोजन सम्पादक टेकेन शाहले गर्नुभएको छ ।

प्रवासमा बसेर पनि नेपाली कला, संस्कृति र पहिचानलाई माया गर्ने गायक दिपेश श्रेष्ठले यसअघि पनि ‘उडी उडी’ बोलको गीतमा आवाज दिनुभएको थियो ।

हाल थाइल्याण्डमा बस्दै आएका श्रेष्ठ नेपाली गीत, संगीतलाई विदेशी भूमीमा पनि विस्तार र प्रचार गर्ने कार्यमा लागिरहनुभएको छ ।

तिमी भएसी मलाई पनि चाइँदैन चाँदी सुन
अब तिमीले छान्नुपरे कुन चाइँ राम्रो भन
चाइने जो रेलिमइ नजरैले हान

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?