काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसालका लागि न्यायाधीश ढकालको इजालसमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ ।
नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।
अदालतको आदेशअनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो ।
नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशवाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका