चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ।
लामिछानेले तीन हजार ६०२ पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याउनु भएको छ। कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।
७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।
यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका