लुम्बिनीमा ठूलो दलको हैसियतले फेरि एमालेको दावी पेश

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनीमा एमालेले ठूलो दलका हिसाबले फेरि सरकारमा दाबी गरेको छ।

एमालेका सांसद तथा मन्त्री परिषदका प्रबक्ता चेतनारायण आचार्यका अनुसार ठूलो दलका हिसाबले दावी पेश भएको हो।

‘विश्वासको मत नपाएपछि मन्त्रिपरिषद् बैठक बस्यो’,उहाँले भन्नुभयो ‘अहिलेको सरकार १६८ (२) अन्तर्गत थियो, तर विश्वासको मत नपाएपछि यो धारा निष्क्रिय भइसकेको छ। अब १६८ (३) सक्रिय हुन्छ, सोही अनुसार सरकारको नेतृत्व तोकेर सल्लाह दिने निणर्य गरेका हौँ।’

५३ सांसदले यसअघि नै कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री तोक्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस भइसकेको छ । माओवादी केन्द्रलगायतका दलले १२ चैतमा समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो ।

त्यस लगत्तै कांग्रेसका २७, माओवादीका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एक जना स्वतन्त्र सांसदले प्रतिपक्षमा बसेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?