चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनमा २५० खेलाडी सहभागी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

जुम्ला । जुम्लामा भएको चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा २५० खेलाडी सहभागी भएका छन् । रारा ४९ किलोमिटर दौड, पाँच हजार मिटर र एक हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो । ४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, एक हजार मिटर दौडमा ८७ जना र पाँच हजार मिटर दौडमा १०७ जना खेलाडी गरी करिब साढे दुई सय खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । उहाँले कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

‘कर्णाली समृद्धिको आधारमध्ये एउटा पर्यटन हो र पर्यटनलाई खेलकुदले प्रवद्र्धन गर्छ,’ उहाँले भन्नुभयो, ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा अल्ट्रा म्याराथन कोशेढुंगा साबित हुनेछ । कर्णाली सरकार खेलकुदको प्रवद्र्धन गर्न तयार छ ।’ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला-रारा म्याराथनलगायत अन्य खेलको प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

परिषद्ले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भइसकेको जानकारी उहाँले दिनुभयो । हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफूमात्रै नभएर धेरै खेलाडी जन्माएकोमा गौरव भएको उहाँले बताउनुभयो । हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले अल्ट्रा-रारा म्याराथन आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए