चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनमा २५० खेलाडी सहभागी

हिमालय टाइम्स
Read Time = 3 mins

जुम्ला । जुम्लामा भएको चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा २५० खेलाडी सहभागी भएका छन् । रारा ४९ किलोमिटर दौड, पाँच हजार मिटर र एक हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो । ४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, एक हजार मिटर दौडमा ८७ जना र पाँच हजार मिटर दौडमा १०७ जना खेलाडी गरी करिब साढे दुई सय खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । उहाँले कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

‘कर्णाली समृद्धिको आधारमध्ये एउटा पर्यटन हो र पर्यटनलाई खेलकुदले प्रवद्र्धन गर्छ,’ उहाँले भन्नुभयो, ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा अल्ट्रा म्याराथन कोशेढुंगा साबित हुनेछ । कर्णाली सरकार खेलकुदको प्रवद्र्धन गर्न तयार छ ।’ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला-रारा म्याराथनलगायत अन्य खेलको प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

परिषद्ले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भइसकेको जानकारी उहाँले दिनुभयो । हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफूमात्रै नभएर धेरै खेलाडी जन्माएकोमा गौरव भएको उहाँले बताउनुभयो । हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले अल्ट्रा-रारा म्याराथन आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?