छायांकनको तयारीमा ‘जुनकिरी’

Read Time = 1 min

काठमाडौं । कोरोना कहरपश्चात् सेलाएको चलचित्र क्षेत्र पुनः विस्तारै जुर्मुराउने क्रममा देखिएको छ । एकाध चलचित्रको छायांकन र प्राविधिक काम चलिरहेको अवस्थामा अर्को चलचित्र निर्माण घोषणा भएको छ । बबि फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘जुनकिरी’का लेखक तथा निर्देशक केदार दवाडी, निर्माता बबि सुब्बा लिम्बू हुनुहुन्छ ।

नेपाल र युरोपको विभिन्न स्थानमा छायांकन हुने ‘जुनकिरी’ का छायांकार रविन्द्र बराल, नृत्य मोहन श्रेष्ठ, संगीत नरेश तामाङको रहनेछ । केवल कुँवर, जयन्ति मोक्तान, बेनिलाल ढुंगाना, केदारनाथ दवाडीलगायत कलाकारको अभिनय रहने ‘जुनकिरी’ छायांकनको क्रममा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?