सुवेदीको चलचित्र ‘सतीदेवी’को शुभमूहर्त

Read Time = 2 mins

काठमाडौं । पत्रकार, लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’को शुभमूहर्त गरिएको छ । मंगलबार काठमाडौंको भद्रकालीमा चलचित्रको शुभमूहर्त गरिएको हो । शुभमूहर्तसँगै चलचित्रको छायांकन पनि सुरु गरिएको छ । चलचित्रमा मलिका महत केन्द्रीय भूमिकामा रहने निर्माणपक्षले जनाएको छ ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दीपा मगर, तुलसीप्रसाद श्रेष्ठ, बाल कलाकार हर्षिका ओली, मंजिला बानियाँको अभिनय रहनेछ ।

चलचित्रमा दीपक शर्मा र सुभाष भुसालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहने चलचित्रका प्रोडक्सन मेनेजर सिबी भण्डारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?