सनराइजलाई भारतको अपोलो अस्पतालमा छुट

Read Time = 2 mins

काठमाडौं । सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सनराइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा परिवारका सदस्यको उपचारका क्रममा अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम् १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गर्नुभएको हो । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्पताल हो, जसले विभिन्न एक सय ४० देशका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्झौताअनुसार सनराइजका सम्पूर्ण ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्टमेन्टको समन्वय, विमानस्थलमा ल्याउने-पुर्‍याउनेलगायत सेवा पाउने बताइएको छ । अपोलोलगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्चसमेत सनराइज स्वास्थ्य योजनाअन्तर्गत शोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?