बेनी सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भीड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । धेरै ठाउँहरुमा सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्त कम भइरहेका र भएका विद्यार्थीहरु पनि धमाधम नीजि तथा संस्थागत विद्यालयहरुमा भर्ना हुन गइरहेका बेला म्याग्दीको एउटा सामुदायिक विद्यालयमा भने विद्यार्थीहरुले भर्ना पाउनै मुस्किल भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा नीजि तथा संस्थागत विद्यालयहरु छोडेर भर्ना हुन आउने विद्यार्थीहरुको भीड नै लागेको छ । सहर देखि गाउँमा रहेका नीजि विद्यालय छोडेर आएका करिव तीन सयजना विद्यार्थीे मङ्लबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागि भएका थिए ।

जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुदाँ गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन् ।

विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत भेटिन्छन् । तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ । सहर देखी गाउँमा रहेका निजी छोडेर आएका विद्यार्थीले मङ्लबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागि भए ।

एक सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटा सहितको विवरण बुझाएर प्रवेश परिक्षामा सहभागि भएका थिए । कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावक विद्यालय परिसर तथा आसपासका क्षेत्रमा खचाखच देखिन्थे । बार्षिक परीक्षा सकेपछि विद्यालयमा भर्ना हुन नियमित तयारी कक्षामा समेत सहभागी भएर आएका विद्यार्थीको तयारी समेत बार्षिक परिक्षा भन्दा कम थिएन्।

भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा ३ सय जना विद्यार्थीको सहभागिता रहेकोे थियो । ‘सामुदायिकभन्दा संस्थागतबाट धेरै विद्यार्थी आएका छन्,‘भौतिक संरचना भए बार्षिक रुपमा हामीले धेरै विद्यार्थी भर्ना गर्न सक्छौ’ प्रधानध्यापक दिपक श्रेष्ठले भन्नुभयो । उहाँले प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीका अभिभावकलाई समेत कमजोर पक्षका बारेमा जानकारी गराउने र आवश्यकता परेमा छोराछोरीको उत्तरपुस्तिका समेत देखाएर सुधारका लागि अनुरोध गर्ने गरेको बताउनुभयो ।

ADVERTISEMENT

भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ रहेको बताउनुभयो । ‘यो रहर नभई बाध्यता हो,‘प्रयाप्त संरचना र जनशक्ती भए ठुलो संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ’ श्रेष्ठले भन्नुभयो । विगत एकदशकदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयले अपाङ्ग, विपन्न परिवार,द्धन्द्धपीडितलाई कोटा समेत छुट्टाएको छ ।

जिल्लामा निजी विद्यालयसंग प्रतिस्पर्धा गरिरहेको विद्यालयमा निजी विद्यालयका शिक्षकले समेत आफ्ना छोराछोरी तथा आफन्तलाई सिफारिस सहित विद्यालयमा पुगेका थिए । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको पर्वतको जलजला गाउँपालिका वडा नं ४ लुङ्दीकी प्रमिला सुबेदीले बताउनुभयो ।

‘यो प्रतिस्पर्धाबाट छनौट भएमा यही पढाउँछौ,‘धेरै विद्यार्थीको रोजाईमा परेपछि यो अभ्यास गुणस्तरीय शिक्षाका लागि राम्रो लाग्यो’ अर्का अभिभावक बेनी गणेशटोलका हरी खत्रीले भन्नुभयो । बेनी नगरपालिका–२ खबराकी कुन्ती क्षत्रीले सामुदायिक भित्रको वातावरण देखेर आएको बताउनुभयो । उहाँले प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारी समेत गरेर ल्याएको जानकारी दिनुभयो । भारतको पञ्जाव राज्यमा अध्ययनरत भावना नेपाली कक्षा ८ को प्रवेश परीक्षामा सहभागी हुने समेत विद्यालयमा आउनुभएको थियो । उहाँलाई बैदेशिक रोजगारीमा भारतमा पु्गेका बुबा बलबहादुर नेपालीले सामुदायिक विद्यालयको पढाई उत्कृष्ट रहेकाले यसपटक बेनी सामुदायिकमा ल्याएको विद्यार्थी नेपालीको भनाई छ ।

जिल्लाका सबै स्थानीय तह र छिमेकी पर्वत जिल्लाबाट समेत निजी तथा सामुदायिकका विद्यार्थी भर्नाका लागि आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाले बताउनुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरका १ सय ४७ विद्यालयले भ्रमण गरेको छन् । जिल्लामा नजिता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुभवी शिक्षक,डिजिटल कक्षा, अभिभावककै उपस्थितीमा उत्तरपुस्तिका निरिक्षण लगाएत गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै मापदण्ड रहेकाले पनि अभिभावको रोजाईमा परेको छ । विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडान सहित आधारभुत तह देखी माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक छोराछोरीको कमिकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने ब्यवस्था गरिएको छ । कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालो सहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको बताउँदै भौतिक पूर्वाधार र जनशक्ती भए २ हजार विद्यार्थीलाई भर्ना लिन सकिने विद्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?