मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिमको टिम कोशी प्रदेश प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टिम कोशी प्रदेश प्रस्थान गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टिम त्यसतर्फ प्रस्थान गरेको हो । १५ सदस्यीय टिम कोशी प्रदेश प्रस्थान गरेको हो ।

नवराज धामीको कप्तानीमा रहेको टिममा सन्तोष खत्री, बलदेव धामी, वरुण ठगुन्ना, महेश ताम्राकार, तेज नाथ, जितेन्द्र ढुंगेल, रोशन चन्द, नवराज धामी, सुरेन्द्र खड्का, वेदप्रकाश जोशी, मिलन शाह र रमेश बम रहनुभएको छ । टोली नेतामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपकबहादुर सिंह, व्यवस्थापकमा परिषद्का सदस्य झलक शाह र प्रशिक्षकमा हिक्मत गिरी हुनुहुन्छ ।

टोलीको मंगलबार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो । टोलीलाई परिषदका सदस्य-सचिव दीपकबहादुर सिंहलगायतका सदस्यहरूले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?