कित्ताकाट तत्काल कार्यान्वयन गर्न निर्देशन

फाइल तस्बिर

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीको विभिन्न छबुँदे मागसहितको सुझाव कार्यान्वयन पत्र बुझ्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको महासंघले जनाएको छ । प्रधानमन्त्रीले मुख्य सचिवमार्फत् भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न, गराउन निर्देशन दिनुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था सुधारका लागि घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारको निर्णयलाई राजपत्रमा प्रकाशित गरी तत्कालै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

महासंघका अनुसार घरजग्गा कारोबारबाट मात्र नेपाल सरकारले वार्षिक ८५ अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको छ भने घरजग्गा व्यवसायीबाट १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?