काठमाडौं । सरकारले काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं-तराई/मधेश फास्ट ट्र्याकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।
‘काठमाडौं-तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति निर्माण गरेका थियौँ । समितिले काम अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘जग्गा प्राप्तिको कामलाई अघि बढाउने र टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ ।’ मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच