जिरोनासँग रियल म्याड्रिड पराजित

Read Time = 2 mins

म्याड्रिड । भ्यालेन्टिन कास्टेलानोसले हृयाट्रिकसहित चार गोल गरेको खेलमा स्पेनिस ला लिगाको खेलमा जिरोनाले रियल म्याड्रिडलाई ४-२ गोलअन्तरले पराजित गरेको छ । रियलको जितमा भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल फर्काउनुभयो ।

खेलको १२औँ मिनेटमा भ्यालेन्टिनले मिगुइल गुइटेरेजको पासमा हेडमार्फत् गोल गर्दै घरेलु टोली जिरोनालाई १-० को अग्रता दिलाउनुभयो । २४औँ मिनेटमा एर्नाउ मार्टिनेजले दोस्रो गोल गर्नुभयो । ३४औँ मिनेटमा भिनिसियसले मार्को एसेन्सियोको पासमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो ।

४६औँ मिनेटमा भ्यालेन्टिनले हृयाट्रिक पूरा गर्नुभयो । ६२औँ मिनेटमा कास्टेलानोसले व्यक्तिगत चौथो गोल गरेपछि रियल खेलमा ४-१ ले अघि बढ्यो । ८५औँ मिनेटमा भिनिसियसको पासमा लुकास भास्क्वेजले रियलका लागि एक गोल फर्काउनुभयो ।

जिरोनासँगको हारसँगै रियल म्याड्रिडको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । ला लिगामा अब सात चरणको खेल बाँकी रहँदा रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ११ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । रियलको ३१ खेलबाट ६५ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक छ । रियललाई हराएको जिरोना ३१ खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?