खोटाङ कराँतेलाई तीन स्वर्ण

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय छनोटमा खोटाङ कराँतेले तीन स्वर्ण प्राप्त गरेको छ । गएको सोमबार र मंगलबार सुनसरीको इटहरीमा भएको प्रदेशस्तरीय छनोटमा कुमितेमा दुई स्वर्ण, एकल कातामा एक स्वर्ण र कुमितेमा एक कांस्य पदक खोटाङले जितेको सितोरियो कराँते संघ खोटाङका सचिव एवं प्रवक्ता मोतिचन्द्र राईले जानकारी दिनुभयो ।

प्रवक्ता राईका अनुसार पुरुष कुमितेको ५२ केजी तौल समूहमा सूर्यचन्द्र राई, ४७ केजी तौल समूहमा दिपेश राई, पुरुष एकल कातामा सूर्यचन्द्र राई र महिला कुमितेअन्तर्गत ४५ केजी तौल समूहमा आयुष्मा राईले कांस्य पदक जित्नुभएको हो । प्रदेशस्तरीय उत्कृष्ट खेलाडी खोटाङकै सूर्यचन्द्र राई हुनुभएको छ । उहाँले ट्रफी र मेडल पाउनुभएको छ । पुरुषतर्फ टिम प्रथम भए पनि विजेतालाई केही व्यवस्थापन नरहेको बुझिएको छ ।

पुरुषतर्फका चार पदकमध्ये खोटाङले मात्रै तीन पदक जितेर बाजी मारेको कराँते महासंघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताउनुभयो । जिल्लामा बजेट व्यवस्थापन र सहयोगमा खेलकुदलाई हेला गरिए पनि खेलाडीहरूले उत्कृष्ट नतिजा निकालेको राई बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?