चलचित्र ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’कोे गीत ‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’को गीत ‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक भएको छ । याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा चलचित्रकी रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ । गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ । भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको चललिचत्रमा अर्विन्द राज गुरुङको निर्देशन छ ।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्मस् र निरेम प्रोडक्सन संयुक्त व्यानरमा निर्मित चलचित्रमा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।

अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको चलचित्रमा रूपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ । चलचित्रमा एनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ । सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री चलचित्रमा लाइन प्रोड्युसर हुनुहुन्छ भने अर्विन्दराज गुरुङ (अर्विन्द राज प्रोडक्सन), विवेक लामा (गोल्डेन आवर फिल्मस्) र निकी गोले (निरेम प्रोडक्सन) सह निर्माता रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?