मिटरब्याजपीडितलाई निवेदन दिन आयोगको आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ।

बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।  आयोगको कार्यालय वा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ ।

तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजपीडित संघयर्षरत् छन् । सरकारले समस्या समाधान गर्न नखोजेको भन्दै उनीहरु वार्ता नै भंग गरेर आन्दोलनमा उत्रिएका थिए ।

सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न विषेश अदालका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व नायव महान्याधिवक्त गणेशबाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?