युक्रनेलाई बृहत् सैन्य सहयोग

Read Time = 1 min

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलब्ध गराएका छन् । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच ५५० वटा बख्तबन्द गाडी र २३० वटा ट्यांक प्रदान गरिएको छ ।

अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो । ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता अनुरूप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताउनुभयो । युक्रेनका नौवटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उहाँले दिनुभयो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?