‘द कलर अफ स्प्रिङ’ विमोचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कवि कुमाराज सुुवेदीद्वारा लिखित अंग्रेजी कवितासंग्रह ‘द कलर अफ स्प्रिङ’को विमोचन भएको छ । अष्ट्रेलिया सरकारबाट सञ्चालित विश्वस्तरीय प्राविधिक विद्यालय टेफएसएका अंग्रेजी भाषाका अध्यापक कवि सुवेदीको कविताकृति उपसभामुख इन्दिरा रानामगर, साहित्यपोष्टका प्रधानसम्पादक अश्विनी कोइराला, लेखक सुवेदी तथा समीक्षकद्वय डा.कोमल फुँयाल र महेश पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा समीक्षक महेश पौड्यालले सुुवेदीका कवितामा भाव पक्षलाई ज्ञानको आवरणले राम्रोसँग मोरेका कारण केही कविता अन्तर्राष्ट्रियस्तरका बनेको टिप्पणी गर्नुुभएको थियो । अर्का समीक्षक डा.कोमल फुँयालले द कलर अफ स्प्रिङ्भित्र रहेका कविताहरूका मौलिक पक्षका विषयमा प्रकाश पार्दै सुुवेदीको आगमन सशक्त भएको धारणा राख्नुभयो ।

कार्यक्रममा लेखक सुवेदीले अंग्रेजी भाषामै कविता लेख्नुको कारण खुुलाउँदै आफूले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेको जिकिर गर्नुभयो । नेपालमा लामो समय शिक्षण पेसामा आबद्ध भई एक दशकदेखि अष्ट्रेलियामा प्रध्यापन गराइरहनुभएका कवि सुुवेदीले सुन्दर अधिकारीको आख्यानात्मक कृति ‘गैँडाको अन्तरआत्मा’ तथा केही चर्चित कविताहरू अंग्रेजीमा अनुवाद गरिसक्नुभएको छ ।

कार्यक्रमको सञ्चालक लेखक तथा शिक्षक एमपी भुुसालले गर्नुुभएको थियो भने कार्यक्रमको सभापतित्व साहित्यपोष्टका प्रधानसम्पादक कोइरालाले गर्नुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?