काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली रहेको छ।
गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का र क्षणिक वर्षा भइरहेको छ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका