पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
नेपाल ब्यूटिसियन सङ्घको वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले विश्वका ठूला कम्पनीहरु नेपालमा आ-आफ्ना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच