उपाधिका लागि आर्मी र पुलिस भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

फाइनल प्रवेश गर्ने क्रममा आर्मीले एपीएफलाई २५-२७,२५-१९,२५-१५ र २५-१९ ले हराएको हो । दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३-० को सेटमा हराएर आर्मीसँगको भेट पक्का गर्‍यो । पुलिसले ललितपुरमाथि २५-१५,२५-११ र २५-१५ को सेटमा जित निकाल्यो ।

अब आर्मी र पुलिसबीचको फाइनल शनिबार हुनेछ । एपीएफ र ललितपुरबीच तेस्रो स्थानका लागि खेल हुनेछ । महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । महिलातर्फ त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ । शुक्रबार न्यू डायमण्डलाई २५-२०,२५-२२ र २५-२२ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?