सिटिजन्स बैंकको मस्कट नागरिक

Read Time = 2 mins

काठमाडौं । १७औँ वर्षमा प्रवेश गरेको सिटिजन्स बैंकले ग्राहकलाई थप सरलीकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ एआई च्याटबट सुविधा नागरिक मस्कट सुरुवात गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मस्कटको शुभारम्भ गर्नुभएको हो ।

बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवामा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ । च्याटबट एक एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो, जसले ग्राहकसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदम प्रयोग गर्छ ।

उक्त सुविधाले ग्राहकलाई बैंकसँग सम्बन्धित जिज्ञासा र अनुरोधको तुरुन्त प्रतिक्रिया प्राप्त गर्न सक्षम पार्छ । च्याटबटमार्फत् ग्राहकले सरल र सहज संवादात्मक इन्टरफेसमार्फत् खाता मौज्दात जाँच, खाता खोल्न, उच्च ब्याजदर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?